हिपमत डटकम

मंगलबार, फाल्गुण १७, २०७८ || 585  पटक पढिएको

युद्धको पाँचौं दिन हिजो (सोमबार) युक्रेनविरुद्धको युद्धमा रुसले प्रतिबन्धित थर्मोबारिक हतियार प्रयोग गरेको अमेरिकाका लागि युक्रेनका राजदूत ओकसाना मार्कारोभाले बताएकी छिन्। ‘रुसले आज भ्याकुम बम प्रयोग गरेको छ, जुन जेनेभा कन्भेन्सन अन्तर्गत प्रतिबन्धित छ’, युक्रेनी राजदूतले भनेको विषयलाई उदृत गर्दै संचारमाध्यमहरुले लेखेका छन् ।

थर्मोबारिक हतियारमा परम्परागत गोली बारुद प्रयोग गरिंदैनन्। यो उच्च दबायुक्त विस्फोट हुने खालको हुन्छ। यसले वरपरको वायुमण्डलबाट अक्सिजन सोसेर शक्तिशाली विस्फोट गराउँछ।

 

रुसी गणतन्त्र चेचन्यामा यसको प्रयोग पहिले नै देखिएको ह्युमन राइट्स वाचले बताएको छ। यसअघि शनिबार, सीएनएनले रूसी शहर बेलगोरोड नजिकै थर्मोबारिक रकेट लन्चर देखेको रिपोर्ट गरेको थियो। यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिभिजन सम्बोधनमा युक्रेनमा रुसले आक्रमण गरेको पाँच दिन भइसकेको बताएका छन् । यी पाँच दिनमा रुसले युक्रेनमा ५६ रकेट र ११३ क्रुज मिसाइल प्रहार गरेको छ ।

आफ्नो सम्बोधनमा जेलेन्स्कीले रुस विरुद्ध युक्रेनको युद्धमा सामेल हुन चाहने विदेशीहरूलाई मार्च १ देखि भिसामुक्त यात्राको अनुमति दिइने बताए।-Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!