
एजेन्सी। अमेरिका र क्यानडाका कयौं राज्यहरुले रुसी भोड्का प्रयोग नगर्नका लागि आग्रह गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भोड्काले अन्तर्राष्ट्रिय आक्रोशको सामना गर्नुपरेको छ ।

अमेरिकी राज्य न्यूू ह्याम्सफायरका गभर्नर क्रिश सुनुनुले शनिबार रुस निर्मित रुसी ब्रान्डको रक्सीलाई प्रतिबन्ध लगाइने बताएका छन् । उनले यो प्रतिबन्ध राज्य सञ्चालित वाइन र रक्सीका बिक्री कक्षहरुमा लगाइने बताएका हुन् ।
ओहिओमा पनि गभर्नरले रुसी मापदण्डका भोड्काको खरिद रोक्ने समान किसिमको योजनाको घोषणा गरेका छन् ।