एजेन्सी । बेलायतपछि जर्मनी र फिनल्याण्डले पनि रुसी विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश नदिने घोषणा गरेका छन् । रुसले युक्रेननिरन्तर आक्रमण गरिरहेको बेला जर्मनी र फिनल्याण्डले यस्तो निर्णय गरेका हुन्। हिजो (शनिबार) राति जर्मनीको संघीय यातायात एवं डिजिट पूर्वाधार मन्त्रालयले ‘रुसी विमानका लागि जर्मन आकाश बन्द गर्ने’ घोषणा गर्दै यसका लागि सबै तयारी गर्न निर्देशन दिएको हो ।

यसबाहेक, जर्मनीको लुफ्थान्सा वायु सेवा कम्पनीले रुसतर्फ हुने सबै निर्धारित उडान रद्द गरेको जनाएको छ । फिनल्याण्डका यातायात मन्त्री टिमो हाराकाले समेत रुसी विमानका लागि आफ्नो आकाश बन्द गरिने बताएका छन् । योसँगै रुसी विमान सेवामाथि प्रतिबन्ध लगाउने युरोपेली मुलुकको संख्या बढेको छ । यसअघि बेलायत, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिक लगायतका युरोपेली मुलुकले रुसी विमानका लागि उनीहरूको आकाश बन्द गरिसकेका छन् । रुसले उक्त जवाफमा ती मुलुकका विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा समेत प्रतिबन्ध लगाइसकेको छ ।-Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!