हिपमत डटकम

शनिबार, फाल्गुण १४, २०७८ || 646  पटक पढिएको

युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् । समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति जलेन्स्कीको मद्दत गर्न तयार रहेको बताएको छ ।

रुसको हमलामा राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा उनको धेरै तारिफ भइरहेको छ । उनले आफ्नो भाषणमा रुससँग अन्तिमसम्म लड्ने शपथ लिएका थिए । उनले भने, ‘जब हामीमाथि तिमीहरू हमला गर्छौँ, तब हामी तिमीहरूको सामना गर्नेछौँ, पीठ देखाउने छैनौँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!