हिपमत डटकम

शनिबार, फाल्गुण १४, २०७८ || 512  पटक पढिएको

एजेन्सी। रुसले युक्रेनमाथि हमला गरेको तेस्रो दिनमै राजधानी किभ कब्जा गर्न खोजेको छ । रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको छ ।

किभको सडकमा भिषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् । रुसले सैन्य अखडाहरुमा मात्र हमला गरेको भनिएपनि सर्वसाधारण बस्ने भवनहरुमा समेत मिलाइल हानेको छ ।

युक्रेन सरकारले दशौं हजार हतियार सर्वसाधारणलाई बाँडेको छ । किभका जनतालाई रुसी सेनाविरुद्ध लड्न आव्हान गरेको छ । जसका कारण सडकमा भिषण लडाईं चलेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आत्मसमर्पण नगर्ने र देशको रक्षाका लागि लड्ने दृढता व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनका नागरिकलाई युद्धको ढाल नबनाउन चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!