हिपमत डटकम

शनिबार, फाल्गुण १४, २०७८ || 431  पटक पढिएको

काठमाडौं । बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल,ग्वार्काेमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा,सम्वाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन् ।

गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठ,कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान,यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,लुनिभा तुलाधर,वत्स शाक्य,रजनी खड्गी,अन्नपूर्णेश्वरी श्रेष्ठ,रुमन जोशी,अजय श्रेष्ठ,सुशील शाक्य,राजु मानन्धर,पुरन सायमीलगायतले अभिनय गरेका छन् ।

पहिलो दिनको बिशेष शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,निर्माता छबिराज ओझालगायतका कलाकार उपस्थित थिए । निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णाेद्धार,संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै बिभिन्न समाजीक संस्थालाई प्रदान गरिने जानकारी दिए । निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए ।

यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो । दुवै फिल्मको आम्दानी सामाजीक कार्यमा लगाइएको थियोे । लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन् । रामकृष्ण,बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!