हिपमत डटकम

शुक्रबार, फाल्गुण १३, २०७८ || 741  पटक पढिएको

एजेन्सी । रूसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा अफगानिस्तानको नेतृत्व गरिरहेको तालिवान सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ।

आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तालिवान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो।

तालिवानले युक्रेनमा रहेका अफगान नागरिकको सुरक्षामा ध्यान दिन पनि दुबै पक्षलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ।

यस्तै, तालिवानी सरकारले युक्रेनमा रहेका अफगानी नागरिकहरूको जीवन रक्षाका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको जमिनलाई नियन्त्रणमा लिएर दुई राज्यलाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदै सेना पठाउने फैसला गरेका थिए ।

त्यसपछि बिहीबार युक्रेनविरुद्ध उसले आक्रमण सुरु गरेको छ । रुसको सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!