कब्जा गर्ने उद्धेश्यले युक्रेनमा सेना पठाएका रूसी राष्ट्रपति भ्लादिभिर पुटिनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई मस्कोमा बोलाएका छन् । पाकिस्तान शीतयुद्धकाल (सन् १९४७–१९८९) सम्म रूसको विरोधी अमेरिकी खेमामा थियो ।

युक्रेन कब्जा गर्न पश्चिमा मुलुकसँग रूसले थप दुश्मनी मोलिरहँदा पाकिस्तानी प्रधानमन्त्रीको मस्को भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पाकिस्तान दक्षिण एसियामा आणविक शक्तिसम्पन्न दोस्रो ठूलो शक्ति हो ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार खान रूसमा दुई दिन रहनेछन् । खान २३ वर्षपछि पहिलोपटक रूस भ्रमणमा जाने पहिलो पाकिस्तानी जननिर्वाचित नेता हुनेछन् । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार खान रूसी राष्ट्रपति पुटिनकै निम्तोमा मस्को जान लागेका हुन् ।

खानले रूस भ्रमण यस्तो समयमा गर्दैछन्, जतिबेला रूस र युक्रेनको तनाव चरमचुलीमा छ । यो भ्रमणलाई क्षेत्री रणनीतिक दृष्ट्रिले निकै महत्वपूर्ण मानिएको छ । उता, रूस र अमेरिका दुवैको मित्र मानिने भारत युक्रेन मामिलामा कसलाई समर्थन गर्ने भन्ने दोधारमा छ ।

रूस भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री खान जाँदा इस्लामावादले के प्राप्त गर्नेछ भन्ने निश्चित छैन । खान रूस जाँदा भारत र पाकिस्तानको सामरिक साझेदारीमा कस्तो असर पर्नेछ भन्नेबारे भारतीय र पाकिस्तानी कूटनीतिज्ञहरूले सवाल गरिरहेका छन् । भ्रमण क्रममा रूस–पाकिस्तान व्यापारिक मामिलाबारे नै छलफल हुने भनिएपनि विश्लेषकहरूले यसलाई एक राजनीतिक सन्देशका रूपमा बुझ्नुपर्ने बताइरहेका छन् ।

अर्कातर्फ, शीतयुद्धका बेला अमेरिकी खेमामा रहेको पाकिस्तान अब त्यहाँबाट अलगत हुन खोजेको भन्दै अथ्र्याउन पनि खोजिएको छ । पाकिस्तानले अब क्षेत्री शक्तिका रूपमा आफ्नो सम्बन्ध विस्तार गर्न खोजेको र व्यापारिक तथा आर्थिक लाभ लिन सहयोग अपेक्षा गरिरहेको बताइएको छ । रूसले पनि युक्रेन मामिलामा सक्दो धेरै समर्थन बटुल्न खोजिरहेको छ । यसै क्रममा पाकिस्तानी प्रधानमन्त्रीलाई पुटिनले मस्कोमा बोलाएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!