
रंगेली नगरपालिकामा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले रंगेलीनगर कमिटी गठन गरेको छ। रंगेलीमा भएको सो अगुवा भेलाले प्रल्लाद खतिवडालाई रंगेली नगर कमिटीको संयोजकमा जिम्मेवारी दिएको हो।


नेकपा (एकीकृत समाजवादी) का मोरङ जिल्ला अध्यक्ष चन्द्रविर राई, उपसचिव ओसिम आलम लगायतको उपस्थितिमा नगरको आयोजक कमिटी गठन भएको हो। एमालेमा लामो समय राजनीति गरेका प्रल्लाद खतिवडालाई नगर संयोजकको जिम्मेवारी दिईएको ओसिम आलमले हिपमत डटकमलाई बताए । त्यसैगरी सह संयोजकमा बिसन पुरी र कंगालु ताजपुरियालाई तोकिएको छ ।
भेलाले सदस्यहरुमा बिजय राजबंसी, उमा सुबेदी, लक्ष्मी मण्डल, दर्षन यादव, कमल कटुवाल, केवली शिवाकोटी, मोसिम आलम लागयत ५१ सदस्यीय नगर कमीटि बनाउने निर्णय गरिएको छ।