
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार शाहीलाई पार्टी प्रवेश गराउँदै केन्द्रीय सदस्य र प्रवक्तामा नियुक्त गरेका हुन् ।
उनी सो पार्टीको पाँचौ प्रवक्ता हुन् । राप्रपामा यसअघि मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनित भइसकेका छन् ।