हिपमत डटकम

शुक्रबार, फाल्गुण ०६, २०७८ || 444  पटक पढिएको

ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे ।

एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।

मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा. धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!