हिपमत डटकम

शुक्रबार, फाल्गुण ०६, २०७८ || 543  पटक पढिएको

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक सुरू भएको छ।
एमसिसी संसदमा टेबल गर्ने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।

बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो। बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए।

उक्त बैठकले एमसिसी अहिले संसदमा पेस गर्न सक्ने वातावरण नभएको निष्कर्ष निकालेको एक नेताले बताए।

‘पेस गर्ने नै हो भने पनि पहिला संसद सुचारू हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ ती नेताले भने,‘कुन कानुनअनुसार एमसिसी संसदमा पेस गर्ने हो भन्ने पनि अहिले स्पष्ट छैन भन्ने हाम्रो धारणा छ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!