बीरेन्द्रकुमार साह

सोमबार, फाल्गुण ०२, २०७८ || 1212  पटक पढिएको

बिराटनगर ।आज प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे को अवसर पारेर म्युजिक भिडियो निर्देशक राजु राजदेव चौधरीले आफ्नो नयाँ म्युजिक भिडियो पिया परदेशिया बजारमा ल्याएका छन् ।

उक्त म्युजिक भिडियो आज मैथिली अनलाईन नामक युट्युव च्यानलबाट रिलिज गरिएको छ ।अनु चौधरीको स्वरमा सजिएको पिय परदेशिया रोमान्टिक मैथिली गीतलाई संगिता कर्णले लेखेका हुन ।यस गीतमा सुधिर साहीले संगीत भरेका हुन ।

म्युजिक भिडियोमा कलाकार आषिस आर्यन तथा अनु तामाङको जिवन्त अभिनय रहेको छ । गीतमा प्रेम भाव ब्यक्त गरिएको छ छ गाउँघरको कथाबस्तुलाई म्युजिक भिडियो मार्फत दर्शकहरु माझ ल्याएको निर्देशक राजु राजदेकले हिपमत डटकमलाई बताए ।

म्युजिक भिडियोलो छायांकन बिराटनगर लगायतको क्षेत्रमा गरिएको छ ।म्युजिक भिडियोलाई गणेश मन्डलले छायांकन गरेका हुन भने मोहनलाल दासले ड्रोन क्यामरा अपरेड गरेका हुन । भिडियोमा डान्स कोरियोग्राफ आर के पाण्डेले गरेका छन् ।म्युजिक भिडियोलाई निरज चौधरीले सम्पादन गरेका छन् ।

मिथलेश्वरि मिडियाले निर्माण गरेको यस म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउने बिश्वाश लिएको मिथलेश्वरि मिडियाका संचालक बरिस्ठ पत्रकार नबिन कर्णले हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!