हिपमत डटकम

आइतबार, फाल्गुण ०१, २०७८ || 649  पटक पढिएको

उर्लाबारी । नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री एवम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले स्थानिय तहको निर्वाचन आउन अझै ३ महिना समय रहेका कारण अहिलेदेखी नै निर्वाचनको ढोल पिटेर समय बर्बाद नगर्न राजनैतिक दललाई आग्रह गरेका छन् ।

आईतबार उर्लाबारी-५ मा नेपाली काँग्रेसले वडा कार्यालय उद्घाटन समरोहमा बोल्दै फागोले सो कुरा बताएका हुन् । सो अवसरमा सहमहामन्त्री फागोले निर्वाचन आउन अझै तीन महिना बाँकी रहँदा कतिपय राजनीति दलले भ्रमको खेति गर्न लागेको बताउदै । ‘निर्वाचन आउन तीन महिना बाँकी छ, आउनुहोस् विभिन्न् स्थानमा झण्डा गाड्न छोड्नुहोस बरु सुकुम्बासीलाई धनीपूर्जा वितरणमा लागौं भुमिआयोगको जिल्ला र केन्द्रिय समितिलाई झक्झक्यौँ । कृषक, भूमिहीन, सुकुम्बासी, गरिब, दुःखीका पीरमर्का बुझ्न लागौं, अहिलेदेखि नै निर्वाचनको ढोल पिटेर समय बर्बाद नगरौं ।’ उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका फागोले भने ।

वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि प्रदेश १ का सहमहामन्त्री फागोले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा रिजिता बजगाई, रिजन बजगाई, दिप रम्तेल, दानबहादुर प्रधान, कुमार विक, नवीन राई, रोमन भट्टराई छन् । यस्तै, अनिता तामाङ, रमिला विक, संगीता लिम्बू, सुमित्रा लिम्बू, प्रविन विक, आशिष लिम्बू, भुपाल खतिवडा, डिगबहादुर कट्वाल, गोपाल खड्का, रुद्रप्रसाद दाहाल, सरिता दाहाल, देवीबहादुर कार्की, विजु श्रेष्ठ, चन्दा श्रेष्ठ, सुमन चौधरी, रुद्रबहादुर कार्की, रेवत राई, पासाङ तामाङ, बुद्ध तामाङ, सुमन वर्देवा, सागमान तामाङ, लालबहादुर धिमाल, राजकुमार मगर, राजनकुमार बस्नेत, सविना खड्का, राजु दर्जी, जितेन्द्र धिमाल, चन्द्रबहादुर बुढाथोकी, बिक्रम माझी, भिमबहादुर भण्डारी, राजेन्द्र फागो, चेतनाथ भट्टराई, धनमाया भट्टराई काँग्रेस प्रवेश गरेका छन् ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि शोभा चेम्जोङ पालुङ्वा, गोमा नेपाल, नेपाली काँग्रेस मोरङका जिल्ला सदस्य चिन्तामणि पौडेल, वडा नं. ५ मा वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीलगायतको आतिथ्यता रहेको थियो । वडा सभापति रोहित थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव प्रेमराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!