हिपमत डटकम

आइतबार, फाल्गुण ०१, २०७८ || 1014  पटक पढिएको

कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन्।

आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्। ‘उहाँको नेतृत्वमा अहिले ६१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ,’ लामाले सेतोपाटीसँग भने, ‘उहाँको नेतृत्वमा नयाँ कार्यसमितिबारे निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको हो।’

तीन वटा राप्रपा एक भएपछि राप्रपा नेपाल नामको पार्टी लामाले आयोगमा दर्ता गराएका थिए। यो पार्टीको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बन्नुपर्ने प्रावधान छ। अहिलेका लागि ६१ सदस्यीय समिति बनेको लामाले बताए।

राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पूर्वराजा र निर्मल निवासले हराएको भन्दै पार्टीमा छानबिन गर्न माग गरेका थिए। केही दिनअघि थापाले हेटौंडा पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए। थापाले त्यसपछि राष्ट्रिय एकता पार्टी गठन गर्न खोजेका थिए।

२०६३ सालदेखि थापा त्यहीँ राप्रपा नेपालको अध्यक्ष थिए। राप्रपा एकता भएपछि उक्त पार्टीको नेतृत्व लामाले गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!