हिपमत डटकम

शनिबार, माघ २९, २०७८ || 487  पटक पढिएको

लामो समयदेखि महन्थ ठाकुर नेतृत्वलाई साथ दिदैँ आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बाट अलग भएका छन् । ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् ।

‘लोसपा संस्थागत रुपमा चल्न सकेन्, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने, ‘मधेस आन्दोलनको मर्म र भावना बिपरित मधेसका नेताहरु सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरूको भावनालाई सम्वोधन गर्न लोसपा छाडेको हुँ ।’

‘मधेस आन्दोलनमा सक्रिय साथीहरुको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैबाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडि भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भइरहेको छ, साथीहरु क्रमशः हामीसँग जोडिँदै जानुभएको छ ।’

उनका अनुसार रघु शंकरलाल कर्णका संयोजकत्वमा निर्वाचन आयोगमा पुनः दर्ता भएको तमलोपमा संविधानसभा सदस्य डा.विजय सिंहलगायतका मधेस आन्दोलनका सारथीहरु रहेका छन, संगठन विस्तारका लागि फागुन पहिलो साताबाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!