
विराटनगर। नेपाली कांग्रेस मोरंगले स्थानीय निर्वाचनको तयारी थालेको छ । माघ २८ गते बसेको दोस्रो पुर्ण बैठकमा भएको छलफलमा आसन्न स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै पार्टीको सबै पालिका र वडामा एक महिना भित्र कार्यलय खोल्ने निणर्य गरेको छ । एक महिना भित्र पार्टीका सबै तहमा टोल कमिटि गठन गर्ने निणर्य पनि गरेको छ । त्यसैगरी मतदाता शिक्षालाई समेत मतदाता माझ प्रभावकारी तरिकाले पुर्याउने निणर्य समेत गरेको छ ।

त्यस्तै कार्यकतालाई प्रशिक्षण कार्यक्रम प्रभावकारी बनाउने भएको छ । त्यसैगरी उद्घोषण , प्रतिवेदन लेखन , बैठक संञ्चालन जस्ता कार्यहरु प्रभावकारी तरिकाले अघाडि बढाउने निणर्य गरेको पार्टी सभापती डिगबहादुर लिम्बुले हिपमत डटकमलाई बताएको छ ।
अधिकारी कोषाध्यक्ष नियुक्त
त्यसैगरी नेपाली कांग्रेस मोरंगको कोषाध्यक्षमा रञ्जु अधिकारी नियुक्त भएकी छिन । कांग्रेस मोरंगको सो बैठकले अधिकारीलाई कोषाध्यक्षमा नियुक्त गरेको सभापती डिगबहादुर लिम्बुले जानकारी दिए । विधानमा कोषाध्यक्ष सभापतीले मानोनित गर्ने व्यवस्था छ ।