हिपमत डटकम

बिहिबार, माघ २७, २०७८ || 572  पटक पढिएको

साहित्यकार माधव बहादुर पोख्रेलको नाट्य कृति ‘ऐनाभित्रको आकाश’ शनिबार हेटौंडामा विमोचन गरिएको छ । ‘ऐनाभित्रको आकाश’ पोख्रेलले तेस्रो कृति हो । यसअघि पोख्रेलको नाट्य कृति ‘आकांक्षाको चिता’ २०६९ सालमा प्रकाशित भएको थियो भने कविता संग्रह ‘रित्तिएको गाउँ’ २०७० सालमा प्रकाशित भएको थियो ।

‘ऐनभित्रको आकाश’ विमोचन कार्यक्रम मातृभूति साहित्य समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा कलाकार रमेश बुढाथोकीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि आतिथ्य रहेको थियो ।

मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष समेत रहनुभएका पोख्रेलको कृति ‘ऐनाभित्रको आकाश’ को प्राध्यापक, साहित्यकार नीरा शर्मा र प्राध्यापक, समीक्षक घनश्याम घिमिरेले समीक्षा गर्नुभएको थियो । पोख्रेलको ‘ऐनभित्रको आकाश’ को प्रकाशन मातृभूमि साहित्य समाजले गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!