हिपमत डटकम

बुधबार, माघ २६, २०७८ || 584  पटक पढिएको

काठमाडौं।नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।

 

एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मलाई केदार उप्रेती, जीवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रमा बिक्रम डिसीको छायांकन, राजु किरातीका द्वन्द, रामजी लामिछाने र राजिवको नृत्य तथा सुजन बडालको सम्पादन रहेको छ ।

यो फिल्म यही फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!