हिपमत डटकम

बिहिबार, माघ २०, २०७८ || 471  पटक पढिएको

अक्षय कुमारको मुख्य भूमिका हुने बलिउड फिल्म ‘गोरखा’ले नेपाली कलाकारको लागि अडिसन आह्वान गरेको छ ।
आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले अडिसन सूचना जारी गर्दै नेपालबाट महिला र पुरुष कलाकारको आवेदन मागेको हो ।

जनवरीमै अडिसन मागिएपनि इच्छुक कलाकारले फेब्रुअरी ५ सम्म मात्र आवेदन दिन सक्नेछन् । इच्छुकलाई आफ्नो परिचय दिने भिडिओ पठाउन भनिएको छ ।

भारतीय सेनाअन्तर्गतको गोरखा रेजिमेन्ट (पाँचौ बटालियन)का युद्ध सैनिक इयान कार्डोजोको जीवनमा आधारित उक्त फिल्मको मुख्य भूमिकामा अक्षयले अभिनय गर्दैछन् ।
युद्धको क्रममा घाइते भएर पनि उनले सन् १९६२ र १९६५ को युद्धमा कसरी कुशलतापूर्वक गोर्खा बटालियनको नेतृत्व गरे भन्ने कथावस्तु यसले पेश गर्छ । सन् १९७१ को भारत-पाक युद्धमा पनि उनले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!