हिपमत डटकम

सोमबार, माघ १७, २०७८ || 699  पटक पढिएको

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन नहुने बताएका छन् । सत्तारुढ दलका तर्फबाट एमसीसी अध्ययन कार्यदलका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री खनालले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुपचुप रुपमा राखेका एमसीसीसम्बन्धी दस्ताबेज भेटिएको जानकारी दिए । कार्यदलले खोजबिनका क्रममा नौवटा नयाँ दस्तावेज फेला पारेको र त्यसको गहिरो अध्ययनपछि मात्रै निचोडमा पुग्न सकिने उनको भनाइ छ ।

उनले प्राप्त दस्तावेजका आधारमा कार्यदलका सदस्यहरुले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत मौखिक जानकारी गराइसकेको भन्दै ती दस्तावेजहरु गम्भीरतापूर्वक अध्ययन नगरिकन निचोडमा पुग्न नसकिने पनि बताए । ‘ती दस्तावेजहरुका बारेमा अध्ययन गर्ने क्रम अहिले जारी छ’ खनालको भनाइ छ ।

एमसीसीबारे सहमति भयो भन्ने प्रचार नियोजित रहेको दावी गर्दै उनले एमसीसीमा फरक फरक धारणा रहेपनि गठबन्धन कुनै हालतमा नटुटने स्पष्ट गरे

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!