इशिका नेपाल

आइतबार, माघ १६, २०७८ || 695  पटक पढिएको

काठमाडौं ।गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ गीतको म्युजीक भिडियो सार्वजनीक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा खिचिएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।

आरडिआर इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त,रोशना कार्की र दुर्गा सिंहको अभिनय छ ।

प्रेमी–प्रेमीकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन् ।

केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुन भने दुर्गा सिंह निर्माता छिन् । गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता–दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताएका छन् ।

हेर्नुस् गीत–

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!