हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 531  पटक पढिएको

काठमाडौंँ । अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत रहेको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक भएको छ । सामाजिक सन्देश बोकेको गीतले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती बीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ ।

गीतको म्युजिक भिडियोमा गायक खनाल आफैले पनि अभिनय गरेका छन्, भने उनलाई अभिनयमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् ।

गीतले हरेक श्रीमान् र श्रीमतीलाई पारिवारिक कलहको बिषयमा सम्झाएर कहल कम गर्न मद्दत गर्र्ने बिश्वास आफुले लिएको गायक खनालले बताए । ‘भाइरल खोज्ने युगका लागि यो गीत कस्तो हुन्छ थाहा छैन । तर यसले हरेक दम्पती जोडीलाई जोड्ने काम भन गर्ने छ’ खनालले भने ।
भिडियो निर्मल शर्मा ‘गैडा’ ले निर्देशन गरेका हुन् । राजु केसीको छायांकन, गौतमराज खड्काको सम्पादन रहेको भिडियो निर्देशक शर्मा र अन्य कलाकार समेतको अभिनय छ ।

केही अगाडि अमेरिकाबाट नेपाल फर्किएका खनालले एकसाथ ७ गीतको तयारी गरेका थिए । ति गीत मध्य पहिलो ‘हे कृष्ण, हे राम’ धार्मिक भजन गतसाता सार्वजनिक भएको थियो । बाँकी ५ गीत पनि बिस्तारै सार्वजनिक गर्दै जाने खनालले सुनाए ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक अध्यक्ष समेत रहेका खनालले एकसमय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका थिए । १२ सय बढी गीतमा स्वर दिएका खनालका ५२ एल्बम सार्वजनिक भएका छन् । खनाल धेरै गायक गायिकाका पथ प्रदर्शक तथा गुरु पनि मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!