इशिका नेपाल

सोमबार, माघ १०, २०७८ || 583  पटक पढिएको

बिराटनगर । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत को होला त्यो २ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुगंको स्वर रहेको छ ।

गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले आँफुले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झानामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले गज्जबसँग प्रस्तुत गरेका छन् ।

नयाँ – नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दै बजारमा ल्याइरहेका गायक गिरीले ‘तिमी आउँछौ की’मा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!