काठमाडौं । बहु प्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत तिमीसँग माया सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन् भने पछिल्लो पुस्ताका व्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

गीतकार, संगीतकार तथा गायक समेत रहेका लामाले आफूले सबै उमेर समूहका दर्शक तथा श्रोताको भावना बुझेर यो गीत बनाएको बताए । दर्शक श्रोतालाई यस गीतलाई साथ दिनेमा आफू ढुक्क रहेको भनाई समेत उनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!