हिपमत डटकम

आइतबार, माघ ०२, २०७८ || 625  पटक पढिएको

सरकारले आजदेखि भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्रतिमा खटिने व्यक्तिलाई दिन लागिएको हो।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो।

स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ। यसका लागि आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई विभागले पत्र का’टेको छ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!