हिपमत डटकम

शनिबार, माघ ०१, २०७८ || 508  पटक पढिएको

काठमाडौं । गायिका सुजाता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जाल बुन्यो’ गीतमा सुजातासँगै बिपिन घिमिरेको स्वर रहेको छ । गायक बिपिनको संगीत रहेको गीतमा शिब अधिकारीको शब्द रहेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीतको भिडियो प्रिमियर गरियो । कार्यक्रममा गीतको निर्माण टिमसँगै कलाकारको उपस्थिती थियो । गीतको भिडियोमा टुईन्स गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगै टुईन्स ब्वाय अमर दाहाल र अमृत दाहालको नृत्य रहेको छ । मानकृष्ण महर्जनले खिचेको भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने भिडियोमा निर्देशन र कोरियोग्राफि रामजी लामिछानेको रहेको छ ।

कार्यक्रममा गायिका सुजाताले निकै मिहिनतका साथ गीतको अडियो र भिडियोमा काम गरेको र दर्शकले मन पराउनेमा विश्वास ब्यक्त गरिन् । गायक बिपिनले पनि युवापुस्तासँगै सबै बर्गका दर्शकलाई मन पर्ने खालको गीत बनाइएको भन्दै गीत सबैलाई मन पर्नेमा विश्वास राख्छन् ।

भिडियोका कलाकारले काम गर्दा टिम राम्रो भएकाले भिडियो पनि राम्रो बनेको प्रतिक्रिया दिए । निर्देशक रामजी लामिछाने र गायिका सुजाताको यो दोस्रो सहकार्य हो । यसअघि सुजाताको ‘राती राती फोन गर्ने’ बोलको गीतमा राजमीकै निर्देशन थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!