हिपमत डटकम

शुक्रबार, पौष ३०, २०७८ || 566  पटक पढिएको

भारतमा एकै दिन २ लाख ६४ हजारमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा तीन सय १५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको बीबीसीले जनाएको छ ।

यही अवधिमा एक लाख नौ हजार तीन सय ४५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले भारतमा १२ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका त्यहाँको मन्त्रालयले जनाएको छ ।

अहिले भारतमा कोरोना सङ्क्रमण दर १४ प्रतिशतभन्दा धेरै छ । यहीबीचमा एकै दिन ७३ लाख जनाभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक सय ५५ करोड जनसङ्ख्यालाई खोप लगाइएको त्यहाँको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!