हिपमत डटकम

आइतबार, पौष २५, २०७८ || 554  पटक पढिएको

साउथका सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’का निर्माताले यो चलचित्रको प्रदर्शन मिति पछि नसार्ने बताएका छन् ।

अधिकांश साउथ र बलिउडका चलचित्रको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भइरहेका बेला ‘केजीएफ २’को रिलिज भने अप्रिल १४ मै हुने निर्माणपक्षले जनाएको छ । शनिबार यशको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको नयाँ पोष्टरमा अप्रिल १४ लाई नै प्रदर्शन मिति उल्लेख गरिएको छ ।

भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख ५० हजार पुगिसकेको छ । यस्तो अवस्थामा अधिकांश बलिउड र साउथ चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको छ ।

‘केजीएफ’ले बक्स अफिसमा धुम मच्चाएपछि यो चलचित्रको प्रतीक्षा विश्वभरका दर्शकहरुले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!