हिपमत डटकम

आइतबार, पौष २५, २०७८ || 1171  पटक पढिएको

काठमाडौं । गायिक सानु महराको स्वरमा ‘माया गर्ने मान्छे’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । विगत लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रको अध्ययन गरिरहेकी सानुले पहिलो प्रस्तुतिको रुपमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

दुई वर्ष अगाडिदेखि फेसबुक पेजमा स्पन्दन नामक साहित्यिक कार्यक्रम चलाउँदै दर्शक तथा श्रोताको मन जित्न सफल सानुको उक्त गीतको भिडियो डिएआर मुभिजको च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा तुलसी बाँस्कोटाको शब्द तथा सनम पुरुष राईको संगीत रहेको छ भने रोशन वान्तवाले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा कमला नेपाली, अंकीता डाँगी, रमेश बन गोसाईं, वर्षा श्रेष्ठ र कमल विष्टको अभिनय रहेको छ । नेत्र विष्टको छायाँकन र आयुष वि.सी.को निर्देशन रहेको भिडियोको रंग संयोजन कृष्ण गौतमले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!