हिपमत डटकम

शनिबार, पौष २४, २०७८ || 701  पटक पढिएको

बलिउड फिल्महरु ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ । शनिवार (पुष २४ गते) राजधानीमा हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।

‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भने- ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं ।’ उनले आफूले नेपाली फिल्म ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गरे ।

नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनको भनाई छ । पहिलो पटक नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै उनले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताए । ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ,’ सिइओ सोनीले भने ।

दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा. प्रिति गिरी लगायतको टिम नेपाल आएको हो । पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ कम्पनी सह-प्रायोजकको रुपमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!