हिपमत डटकम

शुक्रबार, पौष २३, २०७८ || 727  पटक पढिएको

भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ ।

भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए । कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै, संक्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!