विराटनगर। नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति मोरङ्गलाई बदनाम गराउन केही उच्रृखल तत्वहरुले संघको नाममा नक्कली वनभोज कार्यक्रम आयोजना गरी सामाजीक संजाल मार्फत निमन्त्रणा गर्ने गरेको संघका अध्यक्ष गणेश साहले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा एक निमन्त्रणा पत्र पठाई पौष २४ गते शनिवार विहान ७ बजे विराटेश्वर वृद्धा आश्रममा नियमित वनभोज कार्यक्रममा सम्पुर्ण वैश्य समुदायलाई आउन निमन्त्रणा गरिएको छ भनी निमन्त्रणा गरिरहेको कार्य प्रति नेपाल वैश्य युवा संघ मोरङ्गले गम्भीर ध्यानाषर्ण गरेको छ ।
नेपाल वैश्य युवा संघ मोरङ्गले अहीले कुनै त्यस्तो कार्यक्रम आयोजना नगरेको हुनाले उक्त निमन्त्रणा आधिकारिक नभएको संघको जिल्ला अध्यक्ष गनेश कुमार साहले र संघ का सचिव सन्तोष साहले एक सूचना जारी गर्दै जानकारी गराएको हो । नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमितिले हाललाई कुनै पनि वनभोज आयोजना नगरेको समितिले जनाएको छ ।