हिपमत डटकम

बिहिबार, पौष २२, २०७८ || 532  पटक पढिएको

काठमाडौ। एक युवाले सुन्दर युवती देखे पछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ।

टिका दाहालले संगीतवद्द गरेको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। कालिञ्चोकमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। बिकाश लामिछाने र बिना राउतलाई भिडियोमा रोमान्टिक मुडमा देख्न सकिन्छ।

भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ । केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियो दर्शक सोर्तालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!