
बिराटनगर। नेपाली काङ्ग्रेस मोरंगको आज बसेको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले नेपाली काङ्ग्रेसले आगामी एक बर्षसम्म गर्ने कार्यक्रमहरुको योजना निर्माण गर्न TOR समिति गठन गरेको छ। समितिको संयोजकमा पार्टी उपसभापति भक्तिनाथ माझि रहेका छन् समितिको सचिवमा पार्टी जिल्ला सचिव समेत रहेका मोदराज घिमिरे रहेका छन् ,सदस्यमा जिल्ला सदस्यहरु वीरेन्द्रकुमार साह ,अञ्जना अधिकारि र कमला रिमाल चयन भएका छन्।

नेपाली काङ्ग्रेस मोरंग कार्यसमितिलाई सक्रिय र चलायमान बनाउन उक्त समितीले आगामी १५ दिन भित्र जिल्लाको विभिन्न स्थानमा भ्रमण गरेर पार्टीका कार्यकर्ताहरुसंग भेटघाट गरेर सुझाव संकलन गर्ने समितिका संयोजक भक्तिनाथ माझीले बताए।
नेपालि कांग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई जनताको समस्यामा केन्दित रहेर काम गर्न हामीले दबाब सिर्जना गर्ने छौ , जनताको समस्या नै हाम्रो समस्या हो त्यसैले जनताको समस्या समाधान गर्न हामि समस्याहरु बुझ्दै गाउ गाउमा जाने छौ र समस्याको समाधानकोलागि प्रयाप्त पहल गर्ने छौ र पार्टीका पार्टीका कार्यकर्ताहरुको मर्म बुझेर आगामी एक बर्षको योजनाहरु निर्माण गर्ने छौ पार्टीका सचिव तथा TOR समितिका सचिव मोदराज घिमिरेले बताए।
नेपाली कांग्रेसका हरेक क्रियासिल सदस्यहरुलाई आत्मनिर्भर बनाउन ,पार्टीमा लागेका बेरोजगार युवाहरुलाई स्वरोजगार (आत्मनिर्भर काङ्ग्रेस ) बनाउने हाम्रो पहिलो योजना हुने छ । हामि आउदो स्थानिय,प्रदेश र संघिय निर्वाचनमा नेपाली काङ्ग्रेस मोरंगलाई पहिलो पार्टी बनाउन सक्रियताको साथ हामि लाग्ने छौ जिल्ला सदस्य तथा TOR समितिका सदस्य वीरेन्द्रकुमार साहले जानकारी दिए।