यो नारा कांग्रेसको हो । कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण नतिजा आइसकेको अवस्थामा यो नारा पार्टीभित्र सार्थक बनेको छ त ? छातीमा हात राखेर भन्नुहोस्, नेताकै शब्दमा ‘विचार’ को प्रतिनिधित्व गर्दै अनि आम बुझाईमा गुट र समुहमा आश्रित भएर नसोचौं । छाती फराकिलो बनाएर निश्कर्षमा पुग्ने हो भने आज कांग्रेस इतिहासकै गंभीर मन फाटेको अवस्थाबाट गुज्रिरहेको छ ।
यो अवस्था कसले ल्यायो ? मोरङकै कुरा गर्ने हो भने यसमा दोष नेताको हो । हिजो वडादेखिको निर्वाचनमा गुट र उपगुट बनाउने अनि आज लडाई सकियो भनेर मात्र हुँदैन । कांग्रेसभित्र लडाई त अब सुरु भएको छ ।
हेर्नुहोस् न भीम पराजुली मेयरमा पुनः अर्को कार्यकालका लागि उठ्छु भन्दा झापातिर गए त हो नि, विराटनगरमा वडाध्यक्ष पनि पाइन्न भनेर प्रतिक्रिया व्यक्त हुन्छ । मलाई मेयर डा. कोइरालाले मात्र होइन योगदान कृष्ण सिटौलाको पनि थियो भन्दा भाइरल नै हुने गरी अपशब्द प्रयोग गर्दै सोसल मिडिया रंगयाउने अरू पार्टीका थिएनन् ।
जुट्नका लागि पहिले आफैभित्र एकताको खाँचो हुन्छ । आफु फुटेर अरूलाई मजबुत बनाउने कुरा त केबल तर्कमा मात्र हुनसक्छ । कांग्रेसलाई साँच्चै नै एक बनाउने हो भने पहिले आफुमा एकता कायम हुनुप¥यो । अनि मात्र सबैलाई जोड्न सकिन्छ । कांग्रेसको नारालाई आत्मसाथ गर्ने हो भने पक्कै पनि सबैलाई अटाउनका लागि, सबैलाई जोड्नका लागि खुल्ला ह्दय, छाती चौडा पारेर सोच्नुपर्छ ।
यो सोच नेतामै हुनुपर्छ । नेता मिले भने कार्यकर्ता झगडा गर्ने कुरै आउँदैन । महेश आचार्य र अमृत अर्याल मिले भने विश्वनाथ रिजाल त्रिलोचनले के गर्न सक्छन् ? मोरङकै कुरा गर्ने हो भने डा. कोइराला र ज्ञानेन्द्रबहादुर कार्कीहरू एक भए भने फरक गुटका कार्यकर्ताले के गर्न सक्छन् ? केही गर्न सक्दैनन् । चुक्ली लगाउन मात्र सक्छन् । फाटो ल्याउने कोसिस मात्र गर्न सक्छन् ।
एमाले विभाजनको के खुसी मनाउनुहुन्छ ? अहिले कांग्रेसमा त्यो भन्दा खतरनाक विभाजन छ । निर्वाचनको नतिजाले सीमितलाई खुसी दिएको छ, असंख्यलाई चोट दिएको छ । हिजो एकले अर्कालाई सक्न हरप्रकारको तिकडम गरिएको छ । मनोज घिमिरेले आफ्नो हारलाई सहजै स्वीकार गर्न सक्छन् ? गोपाल रेग्मीले वडा र प्रदेश प्रतिनिधिको निर्वाचनमा आफ्नै बलबुताले जितेको विर्सन सक्छन् ?
वीरेन्द्र माझी, शेखरचन्द्र थापा, विन्दिया कार्की, शिवप्रसाद ढकाल, केशव निरौलाहरूले आफ्नो हारलाई सहजै लिन सक्दैनन् । उनीहरूले एकचरणमा लिएनन् चरणवद्ध निर्वाचनमा विश्वनाथ रिजाल त्रिलोचनहरू चार जनाको दौडमा चौथो भएर राजनीति नै धरापमा प¥यो । केदार कार्की, इन्दिरा कार्की, रुक्मिणी कोइरालाहरूले निर्वाचनमा पराजय बेहोर्नुप¥यो ।
पीडा त सबैलाई भएको छ । कुनै गुट छैन जसलाई पीडा नभएको होस् । पहिलो चरणमा रमाउनेहरू दोस्रो खेपमा जिल्ल भएका छन् । पछारिएका छन् । यो त समयको खेल न रहेछ । तर, के सधै यस्तै गरेर कांग्रेसलाई पुग्छ ? यदि होइन भने पार्टीभित्र एकताको अभियान चmलाउनुहोस् । कम्तिमा ५ बर्षका लागि गुटको राजनीति थाँती राख्नुहोस् । एयरपोर्टको भीडले मात्र नेताको लोकप्रियता मापन गर्दैन ।
राजनीतिमा नलागेका भीम घिमिरे पनि लायन्सको गभर्नर हुँदा एयरपोर्टमा खुट्टा राख्ने ठाउँ थिएन ।
यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।