हिपमत डटकम

बिहिबार, पौष १५, २०७८ || 687  पटक पढिएको

छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ।

इन्डियन एक्प्रेसका अनुसार बुधबार भारतमा १३ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार भारतमा ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको थियो। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। सोमबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो।

कोरोना संक्रमणसँगै भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण पनि फैलिँदै गएको छ। राजधानी दिल्ली र अर्को प्रमुख सहर मुम्बईमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ। अहिले भारतभरि ९६१ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ भने तीमध्ये दिल्लीमा २६३ र मुम्बईमा २५२ जना संक्रमित पुगेका छन्।

गत मेमा भारतमा एकैदिन कोरोनाका ४ लाख १४ हजार संक्रमित थपिएका थिए। त्यतिबेला भारतमा डेल्टा भेरियन्टको संक्रमण थियो। डेल्टा भेरियन्ट भारतमै पहिलो पटक पत्ता लागेको थियो। त्यो दर घट्दै गएर डिसेम्बर २० मा ५ हजार ३ सय २६ पुगेको थियो। त्यसपछि भारतमा फेरि संक्रमण बढ्न थालेको हो।

संक्रमण बढेपछि दिल्ली र महाराष्ट्रका अधिकारीहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!