हिपमत डटकम

शनिबार, पौष १०, २०७८ || 630  पटक पढिएको

विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले कार्य विभाजन टुंगो लगाएको छ ।

शनिबार विराटनगरमा सम्पन्न पार्टीको दोस्रो पूर्ण बैठकले कार्य विभाजन टुंगो लगाएको हो । कार्य विभाजन अनुसार आर्थिक विभागमा विश्वनाथ राय, संगठन विभागमा राजन केसी, कानुनमा कुमार भट्टराई, कृषि तथा भूमिमा भुपाल बस्नेत, खेलकुदमा बद्री अर्याल र निर्वाचनमा देवी पाठकलाई चयन गरिएको छ ।

यस्तै पर्यटनमा आर.के. प्रधान, पार्टी स्कूलमा चन्डीप्रसाद राई, प्रचारप्रसारमा ओसिम आलम, भौतिक पुर्वाधारमा भोला कोइराला, वन तथा वातावरणमा अग्नी प्रसाद पौडेल, विपद ब्यबस्थापनमा बेद निधि पोख्रेल, शिक्षामा मीनकुमार पराजुली, श्रम तथा रोजगारमा निलम ढुंगेल र समाज कल्याणमा रामप्रसाद साह चयन भएका छन् ।

यसैगरि सहकारी विभागमा महेश आचार्य, शहरी विकासमा बेदनिधी दाहाल, साहित्य संस्कृतिमा देवि पन्थी, स्थानिय तहमा रमेश खनाल, उपभोक्ता हित्तमा राम बराल र उद्योग तथा वाणिज्यमा दामोदर पोख्रेललाई चयन गरिएको पार्टीका प्रवक्ता समेत रहेको ओसिम आलमले बताए ।

यसका साथै शनिबारको पुर्र्ण बैठकको निर्णंयानुसार मजदुरमा तुलसी ढकाल, किसानमा तारा बन्जारा, महिलामा सर्सु गुरुङ, युवामा प्रेम भारती, विद्यार्थीमा भुपाल बस्नेत, जन सांस्कृतिकमा धन केशर अधिकारी, आदवासी जनजातिमा जयकुमार श्रेष्ठ, मधेशीमा उद्य मण्डल, मुस्लिममा रिया जुदिम, दलित मुक्ति विभागमा तिलक परियार, बुद्धिजिवीमा हरी सुवेदी, भुपु प्रहरी सैनिकमा पुर्ण बहादुर केसी, प्रेसमा बन्धु पोख्रेल र मानव अधिकारमा सिता पौड्याल र पेशागतमा आशिष शर्मा रहेका छन् ।

नेकपा एसका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी तथा केन्द्रीय नेताहरु महेश रेग्मी, हर्कमान तामाङ र विद्या चामलिङ लगायतका नेताहरुको उपस्थितिमा शनिबार जिल्ला कमटिको दोस्रो पुर्ण बैठक सम्पन्न भएको हो । शनिबारकै बैठकले संघीय तथा प्रादेशिक क्षेत्रको समेत कार्य विभाजन गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!