हिपमत डटकम

शुक्रबार, पौष ०९, २०७८ || 539  पटक पढिएको

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।

प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् । अर्का प्रत्यासी रामसरोज भने कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!