हिपमत डटकम

बिहिबार, पौष ०८, २०७८ || 1088  पटक पढिएको

रौतहट। रौतहटको ईशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले व्यक्तिगत प्रयोजनका लागी खरीद गरेको सोफाको भुक्तानी ईशनाथ नगरपालिकाबाट गराउन अख्तियारको नाम प्रयोग गरी लेखापाल र जिन्सी प्रमुख लाई दबाब दिएको विषयमा समाचार प्रकाशित भएपछि अख्तियार दृरुपयोग अनुसंधान आयोग हेटौडाले चासो लिएको छ ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगका केन्द्रिय प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार कुनै पनि प्रयोजनका लागी कसै संग जिन्सी तथा नगद माग गर्ने काम अख्तियारले कदापी नगर्ने गरेको र अख्तियारको कुनै पनि पदाधिकारी गुप्ता संग त्यस किसिमको कुनै सामग्री माग गरेको पुष्टि हुन आए सो कर्मचारी लाई कडा कारवाहि हुने प्रवक्ता रिसालले बताएका छन् ।

यदि आफ्नो व्यक्तिगत स्वार्थपुर्तिका लागी नन्द किशोर गुप्ताले अख्तियारको नाम दुरुपयोग गरी अख्तियारको गरिमा खस्काउने काम गरेको पाए त्यस किसिमका कर्मचारीलाई कडा भन्दा कारवाहि गर्ने प्रवक्ता रिसालले प्रतिबद्धता जनाएका छन् । समाचार बारे प्रतिक्रीया दिदै रिसालले अनुसंधानको प्रक्रिया छिटै शुरु हुने बताएका छन् । गुप्ताको व्यक्तिगत स्र्वाथका लागी काम गर्ने शैलीका कारण नगरपालिका झनै आलोचित हुन पुगेको हो । गुप्ताले अहिले आफ्नो निजि स्वार्थ पुरा गर्न अख्तियार दुरुपयोग अनुसंधान आयोगको नाम बेच्न थालेका छन् ।

अख्तियारको एक हाकिम संग मुद्धाको फाईल मिलाउन सोफा दिएको भन्दै सो सोफाको भुक्तानी कार्यालयबाट गर्न गुप्ताले लेखापाललाई दबाब दिएको फोन अडियो प्रभावकारी दैनिकले प्राप्त गरेको छ ।

बाराको निजगढ स्थित एक पसल बाट रु. ७० हजारमा खरिद गरेको सोफा गौर स्थित आफ्नो घरमा प्रयोग गरी सो सोफा आफुले मुद्धा मिलाउन अख्तियारको हाकिमलाई दिएको भन्दै गुप्ताले लेखापाल ठाकुरलाई दबाव दिएको रेकर्डबाट प्रष्ट बुझिन्छ । लेखापाल ठाकुरले जिन्सी दाखिला पछाडि मात्रै आफुले भुक्तानी दिने बताएपछि गुप्ताले जिन्सी दाखिलाको लागी जिन्सी प्रमुख दिपेश रौनियारलाई सो सोफाको दाखिला गर्न दबाव दिएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!