भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । उत्तर प्रदेशको गाजियाबादमा हिजो (शुक्रबार) दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । डेल्टाको तुलनामा ओमिक्रोन भाइरस कयौं गुणा बढी फैलिरहेको विज्ञहरुले चेतावनी दिएका छन् ।

 

गाजियाबादमा एक दम्पतिलाई कोरोनाको नयाँ भेरियन्ट देखिएको हो । भारतमा डिसेम्बर २ मा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो । विगत १५ दिनमा भारतमा ओमिक्रोनको संक्रमण तिब्र गतिमा फैलिएको छ ।

 

राजधानी दिल्लीमा मात्र २२ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!