नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन अहिले मतगणना भइरहेको छ। आठमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको टुंगो बिहीबार भइसकेको छ।

अहिले मतगणना भइरहेको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि छन्।

प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शेरबहादुर देउवा समूहका जीवनबहादुर शाहीलाई पछि पारेका छन्।

११३ गणना गर्दा बद्री पाण्डेले ६४ र शाहीले ४७ मत पाएका छन्। कुनै समूहमा नरहेका चेतराज बरालले २ मत ल्याएका छन्।

आज थारू, मधेसी, मुस्लिम र खस/आर्यतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!