हिपमत डटकम

बिहिबार, पौष ०१, २०७८ || 599  पटक पढिएको

‘प्रेम गीत ३’ नेपाली र हिन्दी भाषामा विश्वभर प्रदर्शन हुने तयारीमा छ। फागुन १३ देखि नेपालका सिनेमा हलमा फिल्म प्रदर्शन गर्ने घोषणा भइसकेको छ ।

यसैबीच फिल्म प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायत कलाकारको अभिनय देख्न सकिने ‘प्रेम गीत ३’ हिन्दी संस्करणसँगै अन्य भाषामा पनि प्रदर्शन गरिँदैछ।

फिल्मको हिन्दी संस्करणको गीतहरुमा पार्श्व गायक गायिकामा बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आबद्ध भएका छन्।

राहत फतेह अली खान ‘ये सनम तुही तु’ बोलको गीतमा उनले आवाज दिएका छन्। राहतबाहेक ‘तुम प्यार हो’ मार्फत् अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन्। त्यस्तै अर्को डान्स नम्बर ‘मुझमे बस जाना’ मा देव नेगी र पलक मुछालले स्वर भरेका छन्।

यसमा चर्चित गीतकार कुमार र एम तुराज को लेखन रहेको छ। सन्तोष सेनको लगानीमा निर्माण भएको फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!