
काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतदानका लागि आग्रह गरेका छन्।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका हुन् । उनले निवेदन दिएसंगै कांग्रेसको अधिबेसन अझै चर्चाको बिसय बन्दै गएको छ।
शेखर कोइराला प्यानलका धनराज गुरुङले १९०८ मत ल्याएर विजयी हुँदा गच्छदारले १९०६ मत पाएका थिए। अर्को उपसभापतिमा संस्थापन पक्षकै पूर्णबहादुर खड्का विजयी भइसकेका छन् ।