हिपमत डटकम

बिहिबार, मंसिर २३, २०७८ || 754  पटक पढिएको

मोरङ । मोरङको उर्लाबारी नगरपालिका इन्जिनियर धिरेन्द्रकुमार यादवको जागिर चैट भएको छ ।
इन्जिनियर यादवले सेवाग्राही र ठेकेदारसँग मिलेमतो गरी आर्थिक चलखेल गरेको पाइएपछि नगरपालिकाले उनीसँगको करार सम्झौता रद्ध गरेपछि यादव जागिरबाट निकालिएका हुन् ।

यादवले गत महिना बेमौसमी बर्षाका कारण स्थानीय मावा खोलामा आएको बाढीका कारण क्षति पुगेको स्थानमा बासको पाइलिङ गर्ने कामको १० लाखको स्टिमेट देखाएर कामको जिम्मा दिने भन्दै स्थानीय एक ठेकेदारबाट १ लाख रकम असुलेको पाइएको छ । इन्जिनियर यादवले नगरपालिका प्रमुख खड्ग फागोको नाम जोडेर उक्त रकम लिएको ती ठेकेदारले बताए । ती ठेकदारले भने “इन्जिनियर यादवले मेयर सावलाई १ लाख दिनुपर्छ भन्दै मागेर लगे ।”

नगरपालिकाले कटान रोकथामका लागि बाँसको पाइलिङ गर्ने योजना बनाए पनि विभिन्न कारणले पाईलिङको काम हुन नसकेपछि यादवले मेयरको नाम मुछेर लगेको १ लाख रुपैयाँको कर्तुत बाहिर आएको हो । बुधबार नगरपालिका परिसरमा कामको बारेमा बुझ्न आउँदा यादवले १ लाख रुपैयाँ लिएको कुरा खुलेको हो । यादवले ठेकेदारलाई भ्रममा पारी नगर प्रमुखको नाम जोडेर आर्थिक चलखेल गरेको पुष्टि भएपछि उनलाई तत्काल जवाफ माग गरिएको थियो । जवाफमा उनले ठेकेदारको रकम फिर्ता गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म रकम नपाएको ठेकेदारले बताए । यता नगरपालिकाले पनि सो विषयमा यादवसँग स्पष्टिकरण माग गरेको थियो । तर उनले स्पष्टिकरण पेस गर्न नसकेपछि बुधबार नै करार सम्झौता भंग गरी जागिरबाट निकालिएको नगरपालिकाले जनाएको छ ।

यादवको कर्तुत यतिमै सीमित छैन । उनले उर्लाबारी-५ का एक सेवाग्राहीसँग मिलेमतो गरी १ कठ्ठा ६ धुर जग्गाको घर नक्सा प्रमाणिकरणमा कार्यालयमा दाखिला नभएको प्रमाणपत्रमा हस्ताक्षर गरेको पनि भेटिएको छ । २०७६ कार्तिकमा घर नक्सा प्रमाणपत्र प्रदान गरिएपनि त्यसको कुनै प्रमाण नगरपालिकामा छैन । उक्त समयमा उनी घरनक्सा फाँटका प्रमुख थिए । प्रमाणपत्रको प्रतिलिपि नगरपालिकाको कुनै पनि रेकर्डमा दाखिला नभएकोले उनले पदीय दुरुपयोग गरेको पाइएको छ ।

नगरपालिका स्रोतका अनुसार यादवले बैकिङ प्रयोजनका लागि तयार पारिएको घरनक्सा प्रमाणीकरणको प्रमाणपत्रमा हस्ताक्षर गरेको पाइएता पनि सोको प्रतिलिपि प्रमाण र दर्ता चलानी नगरपालिकाको रेकर्डमा नभेटिएपछि यादवले फर्जी काम गरेको प्रमाणित भएकोले उनलाई कारवाही गरिएको नगर प्रमुख खड्ग फागोले बताए ।

दमकस्थित कामना सेवा विकास बैंकले २०७८ कार्तिक ११ गते उर्लाबारी नगरपालिकालाई मोरङ जिल्ला बेलबारी मालपोत कार्यालयमा दर्ता कायम भएको १ कठ्ठा ६ धुर जग्गामा घर कायम भएको र निर्माण सम्पन्न भए नभएको जानकारी माग गरेर पत्र काटेपछि खोजविनका क्रममा सो कुरा बाहिर आएको हो । यस विषयमा इन्जिनियर धिरेन्द्रकुमार यादवसँग सम्पर्क गर्दा उनको फोन स्वीच अफ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!