हिपमत डटकम

बिहिबार, मंसिर ०९, २०७८ || 324  पटक पढिएको

कैलाली । टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट २ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ७ राउण्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

होटलमा अवैध हतियार राखेको हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा बाथरुमभित्र शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!