माेरङकाे रतुवामाई नगरपालिका १ स्थित बक्राह खाेलाकाे किनारमा दुई कठ्ठा अैलानी जग्गामा बिगत १२ बर्ष देखि बसाेवास गर्दाे आईरहेका छैतालु माझी अहिले आर्थिक अभावका कारण ४७ बर्षकी श्रीमती कृष्ण देवी माझीकाे उपचार गराउन सकेका छैन ।
बिगत ४ महिना अगाडि उनलाई मैनाबारी काे समयमा बिल्डिङ मात्रै भईरहने समस्या बाट ग्रसित भएको र उनलाई भारतकाे विभिन्न ठाउँमा लगेर उपचार समेत गराएकाे श्रीमान छैतालुले बताए । केही महिना अगाडि पुनः बिरामी परेपछि उनलाई बिराटनगरकाे काेशी अस्पताल सम्म पुगाएर उपचार गराए तर डाक्टरले उनको एउटा किड्नीमा समस्या रहेको र डाईलाेसिस गर्ने सल्लाह दिए तर आर्थिक अभवका कारण उनलेे श्रीमतीलाई घर ल्याउन बाहेका केही विकल्प नभए पछि उनलेे घर ल्याउन वाघ्य भएको गुनासो गरेका छन् ।
उनलेे श्रीमतीको उपचारका लागि आफुले खाईनखाई गरेर बचत गरेकाे २ लाख रुपैयाँ सिघ्याए तर श्रीमतीकाे घाउ निकाे भएन झनै आफुलाई पीडा थन्किएको उनको गुनासो रहेको छ । उनलेे नगरपालिका तथा स्थानीय नेताहरु सम्म पनि हारगुहार गरे तर उनको पीडा सुनिदिने काेहि भएन उपचारका लागि वडा कार्यलय बाट सिफारी समेत लिएर नगरपालिका पुगे तर नगर प्रमुखले पनि बेवास्ता गरेको उनलेे बताए ।
उनकाे ५ छाेरी र दुई छाेरा रहेका छन् छाेरीहरु सबै आफ्नो घरमा छन दुई छाेरा मध्ये १६ बर्षका कान्छा छाेरा उर्लाबारीकाे एक ग्यारेजमा दुई छाक खाना खाएर काम सिक्दै गरेकाे र पैसा समेत नदिने गरेको र जेठा छाेरा बर्ष १८ का चितुवनमा ईट्ट भट्टामा काम गरेर आमाकाे उपचार गर्ने भनेर घरबाट समेत हिडेकाे तर भट्टामा काम समेत बन्द भएको उनको आमाकाे उपचार समेत गर्ने नसकेकाे भन्दै आफुलाई बताएको बुवा छैतालु भने आर्थिक अभाका कारण उपचार गराउन नसक्दा आफू निकै चिन्तित भएको उनलेे बताए ।