सुनसरीको गढी गाउँपालिका-६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ ।
उक्त ईट्टा भट्टाका कामदार भारतिय नागरीक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
आईतबार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।