हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 549  पटक पढिएको

वि. स. २०७८ कात्तिक २७ गते शंकर होटल, लाजिम्पाट, काठमाडौंमा सर्जक कमला रिसालको गीति एल्बम “आमाको काखै प्यारो” को सार्वजनिक भयो । सखी प्रतिष्ठानले आयोजना गरेको सो समारोहमा उक्त गीति एल्बमको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका
सदस्य-सचिव प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षितले गर्नु भएको हो ।

 

कार्यक्रममा प्रेक्षितलगायत सखी प्रतिष्ठानका संरक्षक एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञ सभा सदस्य एवं अनेसासका केन्द्रीय उपाध्यक्ष प्राज्ञ बाबा बस्नेत, गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ संगीतकारहरु न्हु बज्राचार्य र राजु सिह, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, पत्रकार एवं लेखक जयदेव गौतम, बागेश्वरी संगीतालय बुटवलका अध्यक्ष वरिष्ठ संगीतकार सुरेश सेन्च्युरी, एसएसपी डम्बरबहादुर विश्वकर्मालगायतले सो गीति एल्बमको लोकार्पण गर्नु भएको थियो । लोकार्पणपछि सो म्युजिक भिडियोको सार्वजनिक प्रदर्सनी पनि गरिएको थियो ।

 

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सप्पन्न सो समारोहमा प्रमुख अतिथि प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षितले कमला रिसाललाई बधाई ज्ञापन गर्दै आमाको महिमाबारे बोल्नु भएको थियो ।

समारोहमा सर्जक कमला रिसाल र उनकी माता राममाया घिमिरेलाई मायाको चिनोसहित विशेष सम्मान पनि गरिएको सो कार्यक्रममा प्राज्ञ बाबा बस्नेतले सर्जक कमला रिसालको परिचय राख्नु भएको थियो भने सर्जक कमला रिसालले आफ्नो साङ्गीतिक यात्राको बारे मन्तव्य राख्दै गीत गाउनु भएको थियो ।

सामुहिक राष्ट्रिय गानबाट सुरु गरिएको सो समारोहमा अध्यक्ष मन्जिला अनिलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

यसैगरी कार्यक्रममा सखी प्रतिष्ठानका संरक्षक राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, गीतकार चूडामणि देवकोटा, संगीतकार सुरेश सेन्च्युरी, एसएसपी डम्बरबहादुर विश्वकर्मा, चर्चित गायक नविन घिमिरेलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

सखी प्रतिष्ठानकी कार्यसमिति सदस्य एवं साहित्य विभाग प्रमुख शान्ति रिसालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा कोषाध्यक्ष मेनका लामाले गुरु बन्दना नृत्य गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष मन्जिला र संरक्षक लेकालीबाट प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षित, देवप्रकाश त्रिपाठी, चुडामणि देवकोटा, न्हु बज्राचार्य, हिरण्यकुमारी पाठक, प्राज्ञ बाबा बस्नेत, डम्बरबहादुर विश्वकर्मा, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, राजु सिह, मुरारी सिग्देल नविन पौडेल, डा. बी. पी. तिमिल्सिना, सुरेश सेन्च्युरी, जयदेव गौतम, कलाकार, गायक रितु कडेल, नीतु कोइराला, मेनका लामा, शान्ति रिसाल, सन्दीप कार्की, विक्रम थापा, सुनिल अर्याल, विशन मानन्धर, दीपक श्रेष्ठ, राममाया घिमिरे, मुक्ति सुवेदी, मनिषा भण्डारी, मनु श्रेष्ठ, योगेश शाक्य, निहारिका फिल्मस प्रा. लि. आदिलाई मायाको चिनो र मेडल पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा मीठाराम विश्वकर्मा, साहित्यकारहरु गोविन्द गिरि प्रेरणा, विमल भौकाजी, सुशीला देउजा, प्रधुम्न जोशी, छविरमण सिलवाल,नीता श्रेष्ठ, प्रकाश घायल, दीपक लोहनी, राजेश खनाल, सुमन बैरागी, शशी थापा, डी. आर. राई, नीशा के. सी., ज्ञान्दरी कैनी, डा. शान्ति गिरि, रन्जना निरौला, सुमन बर्षा, सूर्य बी. सी., सुष्मा अंशु, मीरा गोतामे, अनिल उप्रेती, एल्सा झा, रुपा पौडेल, ईश्वरी लामा याचकी, आरती राना, नीशा खरेल, पारु तिमिल्सिना, हरिराम पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!