सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएका छन् । बुधबार समेत मन्त्रिहरुको टुंगो नलाग्दा मुख्यमन्त्री जीवनबहादुर शाहीले मात्रै शपथ लिएका हुन् ।
बुधबार हुन नसकेको मन्त्री परिषद विस्तार बिहीबार वा शुक्रबार हुने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । उनका अनुसार मन्त्रीहरुको लागि गठबन्धनभित्र छलफल भइरहेको छ ।
नेकपा (एकिकृत समाजबादी) ले तिनवटा मन्त्रालय दाबी गरेको भन्दै कुन दलको भागका कति मन्त्रालय पर्ने उनले जानकारी दिए ।